२०२३ मा बृश्चिक राशिको भविस्य

नव वर्ष २०२३ ज्योतिषिय दृष्टिकोणले कस्तो रहनेछ ? हेरौं बृश्चिक राशिका लागि यो वर्षको भबिस्य : बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : वृश्चिक राशिका लागि यस वर्षले अधिकतम क्षेत्रमा सफलता दिलाउनेछ, तर केही क्षेत्रमा चुनौती र कठिनाइको सामनासमेत गर्नुपर्ने हुन्छ । पराक्रम र प्रतिष्ठा बृद्धिका लागि परिश्रम गर्नुपर्ने समय हो । सामाजिकता र नेटवर्किङको क्षेत्रबाट लाभ पाइनेछ । तर कतिपय प्रसङ्गमा सङ्घर्षको परिस्थितिसमेत बन्नसक्छ । उता अन्तिमका दुई महिनामा कार्यालयमा सहकर्मीसँग मनमुटाव हुनेछ र मानसम्मानमा दाग लाग्ने परिस्थितिसमेत बन्नसक्छ, सचेत हुनुपर्छ । शिक्षादीक्षाका क्षेत्रमा र विशेषत: छात्रछात्राका लागि यो उत्कृष्ट वर्ष रहनेछ ।
पारिवारिक जीवनका आधारमा राम्रो समय छ । नयाँ घरघडेरी वा जग्गाजमिन आदि स्थिर सम्पत्तिको जोडजाम हुनेछ । घरमा कुनै शुभ कार्य सम्पन्न हुनेछ । व्यक्तित्व विकास हुनुका साथै घरपरिवारमा माया र प्रेमभाव कायम रहनेछ । प्रेमिकासँगको सम्बन्ध सुमधुर रहनेछ । पतिपत्नीको सम्बन्ध पनि मिठासपूर्ण नै रहनेछ । व्यवसायीका लागिसमेत यो अनुकूल वर्ष रहेको छ, कार्यक्षेत्र र बाह्यसम्बन्धमा राम्रो फल पाइने छ, तर सानातिना रोगले सताउन सक्ने समय हो । समग्रमा भन्नुपर्दा बृश्चिक राशिका व्यक्तिका लागि यो वर्ष भनेजस्तो सजिलो रहने छैन । आर्थिक मामिलामा भोगविलास र सुविधाबृद्धिका लागि खर्च बढ्नेछ । घरायसी, पारम्परिक र बाध्यताका खर्चमा ह्वात्तै बृद्धि हुनेछ ।
आमाको स्वास्थ्यस्थितिमा प्रतिकूलता देखिनेछ । लामो दूरीको यात्रा वा विदेश यात्राको योग त बनेको छ, तर ठगी वा जालझेलमा पर्ने सम्भावनासमेत रहेको छ । कानूनी पक्ष र प्रशासनिक समस्याले बन्नै लागेको काममा पनि अवरोध आउने वा विलम्ब आउने लक्षण छ । सन्तानका तर्फबाट चिन्ता बढ्नेछ । दाजुभाइ र दिदीबहिनीका बीचमा तालमेलमा कमी देखिनेछ । प्रेमसम्बन्धका दृष्टिले पनि राम्रो समय छैन ।
वैवाहिक जीवन र घरायसी परिस्थितिमा पनि कमजोरी देखिन्छ । व्यवसायमा लाभ प्राप्त हुनेछ । जग्गाजमिन, घरघडेरी र स्थिर सम्पत्ति जोड्ने प्रयास सफल हुनेछ । सामाजिक सम्मान र मानप्रतिष्ठामा विकार आएको समय हो, अत: धार्मिक वा नैतिक दृष्टिले अशुभ मानिएका कामबाट टाढा रहनु ठीक हुन्छ ।
विशेष सावधानी : माथि उल्लेखित जानकारी प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह सहयाेग आवश्यक हुन्छ ।
प्रतिक्रिया