मंगलबार, असार ५, २०८१

पोताला दरबार चार महिनापछि सर्वसाधारणका लागि खुला

नेपालखोज २०७९ पुष १९ गते ७:३२

चीन । चीनको दक्षिणपश्चिमी स्वशासित क्षेत्र तिब्बतस्थित ऐतिहासिक पोताला दरबार मङ्गलबारदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ । कोभिड–१९ महामारीका कारण चार महिनाभन्दा बढी समयदेखि बन्द रहेको थियो ।

तिब्बतको राजधानी ल्हासास्थित पोताला दरबार सर्बसाधारणका लागि खुला भएसँगै यहाँ आउने आगन्तुकहरूले मार्च १५ सम्म निःशुल्क प्रवेश गर्न सक्ने स्थानीय प्रशासनले जनाएको छ ।

यद्यपि यो भ्रमणका लागि एक दिन अगावै अनलाइन रिजर्भेसन आवश्यक पर्ने राजदरबारको प्रशासनले जारी गरेको एक घोषणामा उल्लेख छ । दरबार हरेक दिन बिहान ९ः३० देखि अपराह्न २ः०० बजेसम्म खुला रहनेछ । पोताला महल प्राचीन वास्तुकलाको एक नमूना हो र एक लाखभन्दा बढी सांस्कृतिक अवशेषहरूको सङ्ग्रह स्थल हो ।

पोताला दरबार सातौं शताब्दीमा तिब्बती राजा सोंगत्सा गाम्बोले निर्माण गर्नुभएको थियो भने १७ औं शताब्दीमा पाँचौं दलाई लामाले विस्तार गरेका थिए । यो दरबार सन् १९९४ मा युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश भएको थियो ।

प्रतिक्रिया