स्वतन्त्र सांसद किरण शाह एमाले प्रवेश
नेपालखोज
२०७९ पुष १९ गते ७:५७

काठमाडौं । प्रतिनिधिसभा सदस्य किरण कुमार शाह नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी रौटहट क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।
उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा र टीका लगाएर एमालेमा प्रवेश गराएका हुन् । यो सँगै प्रतिनिधसभामा एमाले एक सिट बढेको छ ।
प्रभु शाहले किरणलाई आफ्नो पार्टीमा राखेपनि उनले अस्वीकार गर्दै एमाले रोजेका हुन् । जसपासँगको भागवण्डाका कारण सो क्षेत्र एमालेले गुमाएपछि उनी स्वतन्त्र रुपमा चुनाव लडेका थिए । चापाकल चिन्हबाट चुनाव लडेका शाहले ३२ हजार ८४२ मत पाएका थिए ।
कांग्रेसका मो.फिरदोस आलमले २८ हजार २४८ मत पाएका थिए । यस्तै एमालेसँग तालमेल गरेको जसपाका शैलेन्द्र शाहले २ हजार २२ मत पाएका थिए । यसअघि ०७४ मा तत्कालिन संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका थिए ।
सम्बन्धित
प्रतिक्रिया