सांसद ढकालले भेटे उपराष्ट्रपति पुन

नेपालखोज २०७९ पुष १९ गते ११:५०

काठमाडौं । प्रतिनिधि सभाका सांसद एकनाथ ढकालले उपराष्ट्रपति नन्द बहादुर पुनलाई भेटेका छन् ।

उपराष्ट्रपतिको कार्यालयमा सोमबार भएको भेटमा देशको समसामयीक अवस्था बारे कुराकानी भएको ढकालका स्वकीय सचिव जेन श्रेष्ठले बताए ।

उपराष्ट्रपति पुनले सांसद हरुले जन अपेक्षित भूमिका खेली सबै देशबासीको मनोबल उच्च राख्नु पर्ने बताउदै सांसद ढकाललाई बधाई तथा शुभकामना दिए ।

सांसद ढकालले राष्ट्रपति र उपराष्ट्रपति गणतन्त्रको प्रतिक र राष्ट्रको अभिभावक भएकोले जनप्रतिनिधिहरुलाई आबस्यक मार्ग निर्देशन गर्न आग्रह गरे । ढकालले आफुले संसदमा जिम्बेवार सदस्यको भूमिका निभाउने बताए ।

भेटमा नेता ढकाल संगै परिवार दलका महामन्त्री द्वय सन्तोष पौडेल र प्रकाश बाबु थापा पनि सहभागीता रहको थियो ।

प्रतिक्रिया