२०२३ मा देखिनेछ विद्युतीय कारको वर्चस्व

काठमाडौं । २०२३ विद्युतीय कारको वर्ष हुने भएको छ । वास्तवमा , सटाटा, महिन्द्रालगायत अरु धेरै कम्पनीले द्रुत रूपमा बढ्दो विद्युतीय सवारीको मागलाई ध्यानमा राख्दै नयाँ इलेक्ट्रिक गाडीहरू लन्च गर्न लागेका छन् ।
दक्षिण एशियाकै सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी मारुतीले पनि अटो एक्सपोमा आफ्ना इलेक्ट्रिक कारहरुको कन्सेप्ट मोडल प्रदर्शन गर्ने योजना बनाएको छ । मूल्यको कुरा गर्ने हो भने भर्खरै सार्वजनिक भएका विद्युतीय गाडीको अन्तर्राष्ट्रिय बजार मूल्य १० लाख बाट सुरु हुन्छन । आउनुहोस् हेरौं यो परिवर्तित वर्षमा कुन-कुन विद्युतीय सवारीसाधन लन्च हुँदैछन् ?
महिन्द्रा XUV400EV : महिन्द्राले XUV400 EV यहि जनवरीमा लन्च गर्दैछ । यसको मूल्य चाडैं घोषणा गरिने बताइएको छ । यो गाडि ३९.४ किलोहर्ज ब्याट्री प्याक द्वारा संचालित हुनेछ जसले १५० पीएस तथा ३५० एनएमको टर्क उत्पादन गर्दछ र एकल चार्जमा ४५६ किलोमिटरको दायरा कभर गर्नसक्नेछ । यसको अन्तर्राष्ट्रिय बजार मूल्य २७ देखि ३२ लाख रुपैयाँसम्म हुन सक्छ ।
Hyundai ioniq 5EV : नयाँ वर्षमा हुन्डाई मोटर इन्डियाले Ionic इलेक्ट्रिक एसयुभी लन्च गर्ने भएको छ। यो दक्षिण एशियाली बजारमा हुन्डाईको दोस्रो इलेक्ट्रिक एसयूभी हुनेछ । यसमा ७२.८ किलोहर्जको लिथियम-आयन ब्याट्री प्याक उपलब्ध हुनेछ । यो शक्तिशाली एसयूभीले एक पटकको चार्जमा ४८० किलोमिटरको दूरी तय गर्नेछ। यो एसयूभीको अन्तर्राष्ट्रिय बजार मूल्य ८० लाख देखि ९० लाख रुपैयाँसम्म हुन सक्छ ।

Tata Altroz EV: टाटा मोटर्सले नयाँ वर्षमा Tata Altroz EV लन्च गर्न लागेको छ । यो हालको मोडलको तुलनामा थोरै हल्का र केही ठूलो हुने अनुमान गरिएको छ । यो कारमा जिप्ट्रोन हाई भोल्टेज प्रविधि प्रयोग गरिने छ । यसको दायरा २५० देखि ३०० किलोमिटर छ । टाटा अल्ट्रोज ह्याचब्याकको अन्तर्राष्ट्रिय बजार मूल्य २४ लाख जति हुन सक्छ।

Citroen eC3 : Citroen को eC3 मोडल जनवरी २०२३ मा सुरु हुन सक्छ। यो ईभीको अन्तर्राष्ट्रिय बजार मूल्य १६ लाखदेखि १९ लाख रुपैयाँसम्म हुने अनुमान छ । इलेक्ट्रिक संस्करणको eC3 कारको अगाडि फेन्डरमा चार्जिङ पोर्ट हुनेछ । सिट्रोएनको पछिल्लो इलेक्ट्रिक कारले ३.३ किलोवाटको अनबोर्ड एसी चार्जर पनि पाउन सक्छ।
MG Air EV : MG ले भारतमा आफ्नो प्रवेश-स्तरको EV Air EV प्रस्तुत गर्दैछ । यो एयर ईभी अटो एक्सपो २०२३ मा एमजीको लाइनअपको एक हिस्सा हुनेछ। अन्तर्राष्ट्रिय रूपमा Air EV दुईवटा ब्याट्री प्याक विकल्पका साथ प्रस्तुत गरिएको छ। यसको अन्तर्राष्ट्रिय बजार मूल्य १६ लाख रुपैयाँबाट सुरु हुन सक्छ ।
Audi Q8 e-tron : Audi Q8 e-tron यहि वर्ष लन्च हुँदैछ । यो कारको अन्तर्राष्ट्रिय बजार मूल्य १. ७० करोड देखि २ करोड सम्म हुने अनुमान छ । स्रोतको दावीका अनुसार Audi Q8 e-Tron कारले सिंगल चार्जमा ५०५ देखि ६०० किलोमिटर सम्मको रेन्ज दिनेछ । यो कारले ८९ केडब्ल्यु तथा १०४ केडब्ल्युएच गरि दुई प्रकारका ब्याट्री छनोट गर्ने विकल्प पाउन सक्छ ।

BMW IX1 : नयाँ वर्षमा बिएमडब्ल्यु कम्पनीले IX1 नामको इलेक्ट्रिक कार लन्च गर्ने भएको छ । यसको दायरा ४३८ किलोमीटर छ। यो प्रिमियम इलेक्ट्रिक एसयूभीको अन्तर्राष्ट्रिय बजार मूल्य ९५ देखि ५ लाख रुपैयाँसम्म हुन सक्छ।
प्रतिक्रिया