राष्ट्रिय सहमतिको सरकार आवश्यक : रामचन्द्र पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश र डेमोक्रेसी जोगाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताए ।
देशमाथि विभिन्न खाले खतरा उत्पन्न भएको भन्दै राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताए । उनले अझै पनि राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।
स्पिकर्स फोरम नेपालले आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै पौडेलले भने, ‘यो देशलाई र डेमोक्रेसीलाई जोगाउनका लागि फेरि राष्ट्रिय सहमतिको खोजी गरौं । अहिले पनि राष्ट्रिय सहमतिको सरकारको प्रयत्न गर्नुपर्छ भन्ने लाग्छ । यो मलाई आफ्नो भित्री दिलले देखाएको बाटो हो ।’
पौडेलले एकातिर अर्थतन्त्र खतरनाक अवस्थामा रहेको र अर्कोतिर चीन र भारत हुँदै फेरि कोरोना नेपाल पस्न लागेको उल्लेख गरे । राजनीतिक तथा मानवीय समस्याले घेरिरहेका बेला देश जोगाउने एकमात्र उपाय राष्ट्रिय सहमति नै रहेको उनको दाबी छ ।
प्रतिक्रिया