शुक्रबार, वैशाख ७, २०८१

छोराले गरे आमाबुवाकै हत्या

नेपालखोज २०७६ मंसिर २० गते १७:०२

२० मंसिर, बुटवल । रुपन्देहीको ओमसतियामा छोराले आफ्नै आमाबुवाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ओमसतिया गाउँपालिका—४ का गोरखबहादुरले घरमै बसिरहेका ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

हतियार प्रहारबाट रामनारायणको घटनास्थलमै मृत्यु भयो भने गम्भीर घाइते थगनाको युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ ।

हत्या गर्ने छोरा गोरखबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानमा उनको मानसिक सन्तुलन ठीक नभएको पाइएको प्रहरीले जनाएको छ । उनीमाथि थपअनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया