विशेष अदालतबाट फैसला भएका ६ मुद्दामा पुनरावेदन मागसहित सर्वाेच्च पुग्याे अख्तियार
काठमाडाैं । विशेष अदालतबाट फैसला भएका ६ वटा मुद्दालाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालत पुर्याएको छ ।
फैसलाप्रति असन्तुष्ट जनाउँदै अख्तियारले विभिन्न मितिमा फैसला गरिएका मुद्दालाई पुनरावेदनको मागसहित सर्वोच्चमा पुर्याएको हो ।
घुस/रिसवत, गैरकानुनी लाभ तथा हानी र सार्वजनिक सम्पत्ति हानी नोक्सानी सम्बन्धी ६ वटा मुद्दाका फैसलामाथि चित्त नबुझेर पुनरावेदन गरिएको अख्तियारले जनाएको छ ।
गएको असार ९ गते सन्तमाया श्रेष्ठविरुद्धको घुस/रिसवत लिइ भ्रष्टाचार गरेको मुद्दासम्बन्धी विशेष अदालतको फैसला, धनेश्वर प्रसाई, सुरेश प्रसाद नेपाल, सुदर्शन न्यौपानेविरुद्ध घुस/रिसवत लिने दिने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा गत असार ३ गते भएको फैसलामा पुनरावेदनका लागि अख्तियारले निवेदन दिएको छ ।
यसतै नरबहादुर बोहरा, नरेन्द्रबहादुर भाट, मिनबहादुर बोहरा, मथुरीदेवी बोहरा, तेजबहादुर बोहराविरुद्धको मुद्दामा गत भदौ २९ गते विशेष अदालतले गरेको फैसलामा प्रति अख्तियारले चित्ता बुझाएको छैन । त्यसमा पनि अख्तियारले पुनरावेदन गरेको छ ।
भीमप्रसाद आचार्य, रघुनाथ रेग्मी र हरिशंकर शर्माविरुद्धको मुद्दामा गत जेठ ५ गते भएको फैसला, भीमप्रसाद आचार्य, हरिशंकर शर्मा, मनिषकुमार महतोविरुद्धको मुद्दामा गत जेठ ५ गते भएको फैसला, राधिकादेवी शर्मा, भरतप्रसाद उपाध्याय विरुद्धको मुद्दामा गत जेठ ५ गते भएको फैसला सन्तोषजनक नरहेको भन्दै पुनरावेदनको माग गरिएको छ ।
प्रतिक्रिया