संघ र प्रदेश सरकार सानो आकारको बनाऔं : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना
नेपालखोज
२०७९ पुष १९ गते २०:२८

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघ तथा प्रदेशको सरकार सानो आकारको बनाउनुपर्ने बताएका छन् ।
स्पिकर्स फोरम नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले निर्वाचनको घोषणा भएपछि सांसद र मन्त्री पदको बार्गेनिङ हुने गरेको र यसका कारण देशको आर्थिक अवस्थामा समेत समस्या देखिने भएकाले संघ तथा प्रदेशको सरकार सानो आकारको हुनुपर्ने बताएका हुन् ।
प्रदेशमा मन्त्रालय धेरै भए काम प्रभावकारी भएन भन्ने आलोचना बढेको भन्दै उनले सांसद भएपछि मन्त्री हुनैपर्छ भन्ने प्रवृत्ति रोकिनुपर्ने उनले बताए ।
सम्बन्धित

प्रतिक्रिया