नेपाल टी–२० लिग : लुम्बिनीले जनकपुरलाई ५ रनले हरायो
नेपालखोज
२०७९ पुष १९ गते २०:५७

काठमाण्डौं । नेपाल टी–२० लिग क्रिकेटअन्तर्गत मङ्गलवारको दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले जनकपुर रोयल्सलाई पाँच रनले हराएको छ ।
लुम्बिनीले दिएको एक सय ७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७३ रनमात्रै बनाउन सक्यो । जनकपुरका लागि चाडविक वाल्टनले सर्वाधिक ५९ तथा ट्रिभन ग्रिफिथ, सन्दीप जोरा र शराफउद्दिन अशरफले २६/२६ रन बनाए । लुम्बिनीका ह्यारी टेक्टर र विपुल शर्माले दुई/दुई विकेट लिए ।
यसअघि त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७८ रन बनायो । लुम्बिनीका लागि हरमीत सिंहले ७३ र लाहिरु मलिन्थाले ३३ रन बनाए । जनकपुरका शराफउद्दिन अशरफले तीन विकेट लिए ।
यो जितसँगै लुम्बिनी आठ खेलमा १४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा १० अङ्क जोडेको जनकपुर दोस्रो स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया