प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भेगमा हिमपातको सम्भावना

नेपालखोज २०७९ पुष २० गते ६:२३

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही मध्य तराईका धेरै भू-भागहरुमा बाक्लो हुस्सुरकुहिरो लागेको विभागले जनाएको छ ।

आज दिउँसो गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एकर/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १ को हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया