शनिबार, वैशाख १३, २०८२

२०२३ मा धनु राशिको भविष्य

नेपालखोज २०७९ पुष २० गते ६:३२

नव वर्ष २०२३ ज्योतिषिय दृष्टिकोणले कस्तो रहनेछ ? हेरौं धन राशिका लागि यो वर्षको भबिस्य : धन (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : धनु राशिका व्यक्तिहरूमा राम्रो फल प्राप्त हुने समयका रूपमा नववर्ष २०७९ को आगमन भएको छ । सरकारी सेवामा रहेका व्यक्तिका तुलनामा यो वर्ष निजी क्षेत्र वा स्वतन्त्र व्यवसायीहरूले बढी शुभफल प्राप्त गर्नेछन् । नयाँ व्यापारव्यवसाय सुरु गर्न अनुकूल समय छ, भर्खरै कारोबार सुरु गर्नेहरुको उत्तरोत्तर प्रगति हुनेछ ।

प्रतिस्पर्धात्मक परीक्षाको तैयारीमा रहेका छात्रछात्राले राम्रो उपलब्धी हासिल गर्नेछन् । त्यस्तै शिक्षादीक्षालाई माध्यम बनाएर विदेशयात्राको योजनामा रहेका व्यक्तिले चाहेको परिणाम प्राप्त गर्नेछन् । तर कार्यक्षेत्रमा अनेकानेक समस्या र हण्डरठक्कर खेप्नुपर्ने समय छ । सुरुमा आर्थिक समस्या हुने तथा कुटुम्ब र परिवारका सदस्यहरूका बीचमा कलहको वातावरण बन्ने परिस्थिति देखिए पनि वर्षान्तमा घरपरिवारका वयोवृद्ध व्यक्तिको सामीप्य र सहयोग पाइने तथा उहाँको मार्गदर्शनले घरको वातावरणमा सुधार आउने सङ्केत छ । प्रेमीप्रेमिका र पतिपत्नीको अन्तर्सम्बन्ध धूमिल हुनसक्छ, त्यसैले आपसी व्यवहार र आचरणमा अनुशासित हुनु राम्रो हुन्छ ।

स्वास्थ्यका दृष्टिले पनि बलियो समय छैन, खुट्टा र आँखासम्बन्धी रोगको जोखिम देखिन्छ । समग्रमा यो धनु राशिका व्यक्तिको खुट्टा (पाउ) मा साढेसातीको प्रभाव रहने वर्ष हो, सं. २०७९ साल । रोजगारीको क्षेत्रमा सामान्य परिवर्तन आउन सक्छ । चलिरहेको झैझगडा, विवाद वा मुद्दामामिलामा निकास पाउन त्याग गर्नुका साथै मेलमिलापको बाटो अख्तियार गर्नुपर्छ ।

प्रतिद्वन्द्वीहरुले तपाईंविरुद्ध कुनै न कुनै तानाबुना रचिरहेका हुनेछन तर पनि हानि र पराजय भोग्नु पर्दैन । सन्ततिको उन्नतिप्रगतिका लागि समय राम्रो छ, तर स्वास्थ्यस्थिति र आचरणप्रति चनाखो हुनुपर्नेछ । राज्यपक्षबाट लाभ पाइनेछ । पुरानो कर्जा चुक्ता हुनेछ , नयाँ कारोबारमा अनुकूलता मिल्नेछ । फँसेको वा कतै अड्किएको रकम हातपार्न सकिनेछ । धार्मिक कृत्यमा खर्च बढ्नेछ ।

सरकारी तथा प्रशासनिक समस्यामा नउल्झिनु बेस होला अन्यथा जेलनेलको योगसमेत छ । विद्यार्थी वर्गका लागि यो वर्ष सामान्यत देखिन्छ । स्वास्थ्य पक्षमा उतारचढाव आइरहनेछ । नोकरीमा उपलब्धी हासिल हुनेछ, व्यापारी वर्गले अलि बढी मेहनत गर्नुपर्नेछ ।

विशेष सावधानी : माथि उल्लेखित जानकारि प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह सहयाेग आवश्यक हुन्छ ।

प्रतिक्रिया