१५औं हक्की विश्वकप भारतमा
काठमाडाैं । एफआईएच हक्की विश्वकप भारतमा लगातार दोस्रो पटक आयोजना हुँदैछ । यहि जनवरीमा प्रारम्भ हुने यो प्रतियोगिता भारतको भुवनेश्वरस्थित कलिंगा स्टेडियम तथा ओडिशाको राउरकेलाको बिरसा मुन्डा अन्तर्राष्ट्रिय हक्की स्टेडियममा संचालन हुनेछ । यसअघि सन् २०१८ को हक्की विश्वकपको आयोजना भारतमा भएको थियो । हक्की विश्वकप प्रतियोगिताको आयोजना १९७१ मा सुरु भएको हो र यो प्रत्येक चार वर्षमा एक पटक आयोजना हुन्छ ।
पहिलो तीन संस्करण दुई वर्षको अवधिमा आयोजित भएको थियो । त्यसपछि भने समय सीमा चार वर्ष पुर्याइयो । २०२३ मा हुने १५ औँ संस्करणको हक्की विश्वकपमा १६ देशको सहभागिता रहनेछ भने हालसम्म यो प्रतियोगितामा २५ देशले सहभागिता जनाइसकेका छन् । यसपटकको हक्की विश्वकपमा वेल्स र चिली नयाँ प्रवेशकर्ता हुनेछन् भने १६ औं संस्करणमा २४ राष्ट्रले हक्की विश्वकपमा प्रतिस्पर्धा गर्नेछन् ।
पुरुष हक्की विश्वकपमा छवटा देश विजेता देखिएका छन् । यसपटक पनि एफआइएच सहभागि टिम थप्न र २४ पुर्याउन प्रयासरत थियो, तर अन्तमा कुरा १६ टिममै अड्कियो । हक्की विश्वकपको उद्घघाटन संस्करण पाकिस्तानले जितेको थियो भने पाकिस्तान सर्वाधिक चार पटकको हक्की विश्वकप बिजेता पनि हो । त्यस पछि नेदरल्याण्ड्स (३) , अष्ट्रेलिया (३) तथा बेल्जियम (२) सबैभन्दा सफल देस हुन । भारतले विश्वकप आयोजना गर्नलागेको यो चौथो अबसर हो ।
पुरुष हक्की विश्वकपका विजेताहरू :
१९७१ – पाकिस्तान ,१९७३ – नेदरल्याण्ड , १९७५ – भारत , १९७८ – पाकिस्तान , १९८२ – पाकिस्तान , १९८६ – अष्ट्रेलिया , १९९० – नेदरल्याण्ड , १९९४ – पाकिस्तान १९९८ – नेदरल्याण्ड २००२ – जर्मनी , २००६ – जर्मनी , २०१० – अष्ट्रेलिया , २०१४ – अष्ट्रेलिया तथा २०१८ – बेल्जियम ।
प्रतिक्रिया