पेलेको अन्तिम यात्रा : आँखाभरी आँसु लिएर आफ्ना ‘भगवान’लाई श्रद्धाञ्जली अर्पण
नेपालखोज
२०७९ पुष २० गते ९:३०
काठमाडाैं । ब्राजिलका फुटबल स्टार पेलेलाई उनको शव राखिएको पुरानो सान्तोस फुटबल क्लबमा लाखौं मानिसले श्रद्धाञ्जली अर्पण गरे । उनको शवलाई स्टेडियमबाट निकालेर सान्तोस सिटीको सडक हुँदै पेलेको पारिवारिक घर नजिकै लगेर गाडिएको छ ।
बीबीसीका अनुसार, ‘रङ्गशालामा धेरै मानिसहरूको आँखामा आँसु थियो, धेरैले ताली बजाइरहेका थिए र धेरैले शरीर भुइँमा सुताएर आफ्ना ‘भगवान’ लाई नमन गरिरहेका थिए।’ ब्राजिलका नवनियुक्त राष्ट्रपति लुला डे सिल्भा पनि श्रद्धाञ्जली अर्पण गर्न त्यहाँ पुगेका थिए ।
गएको आइतबार नै पदभार ग्रहण गरेका लुला एक मिनेट मौनधारण गरेर सुरु भएको श्रद्धाञ्जली कार्यक्रममा पुगेका हुन । बीबीसीले लेखेको छ – पेलेको शवयात्रामा पुरै शहरको सडकमा मानव समुद्र उर्लिए जस्तो देखिन्थ्यो ।’
सम्बन्धित
प्रतिक्रिया