कांग्रेसले समसामयिक राजनीतिका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्ने

काठमाडाैं । कांग्रेसले समसामयिक राजनीतिका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्ने काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक परिस्थितिका सम्बन्धमा आज पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्दैछ । त्यसका लागि आज दिउँसो ३ बजे पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रवक्ता महतले गत मंसिर ४ को निर्वाचन र अहिलेको समसामयिक विषयमा धारणा सार्वजनिक गर्न यो पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।
निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलहरु गठबन्धन गरेर चुनाव लडेका थिए । चुनावको परिणामपछि माओवादी केन्द्रले गठबन्धन तोडेर नेकपा एमालेको समर्थनमा सरकारको नेतृत्व गरेको छ भने कांग्रेस नेतृत्वमाथि गठबन्धन जोगाउन नसकेको आरोप लाग्दै आएको छ ।
प्रतिक्रिया