सोमबार, वैशाख २४, २०८१

६४ अंकले नेप्से बढ्दा तीन अर्ब ५० करोडको सेयर कारोबार

नेपालखोज २०७९ पुष २० गते १५:३०

काठमाडौं । नेप्से पुन छलाङ मारेको छ । अघिल्लो दिन तीन अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज (बुधबार) भने ६४ दशमलव ८७ अंकले बढेर दुई हजार एक सय २५ दशमलव ९४ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव शुन्य नौं अंकले बढेर चार सय आठ दशमलव ७२ अंकमा पुगेको छ ।

दुई सय ५८ वटा कम्पनीहरुको ५७ हजार तीन सय १२ पटकको कारोबारमा ८७ लाख ३३ हजार पाँच सय ४२ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा १३ वटै समूहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये वाणिज्य बैंक समूहको सूचक १७ दशमलव एक अंकले बढेर १४ सय दशमलव ४६ अंकमा पुगेको छ भने बिकास बैंक समूहको सूचक एक सय ६१ दशमलव २७ अंकले बढेर तीन हजार आठ सय एक दशमलव ९६ अंकमा चढेको छ ।

जलबिद्युत समूहको सूचक पनि ९५ दशमलव ६९ अंकले बढेर दुई हजार तीन सय ८३ दशमलव ९५ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक एक सय ४४ दशमलव नौ अंकले बढेर १० हजार चार सय ५८ दशमलव ६१ अंकमा चढेको छ । निर्जिवन बिमा समूहको सूचक पनि दुई सय ८९ दशमलव नौं अंकले बढेर आठ हजार नौं सय ८२ दशमलव १७ अंकमा चढेको छ ।फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्र्रतिशतले बढेर चार हजार पाँच सय ५४ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुंदा सिद्धार्थ बैंकको ऋणपत्र-८६ को प्रतियुनिट सेयर मूल्य एक दशमलव ९९ प्रतिशतले घटेर आठ सय ९९ रुपैयाँ ७० पैसामा प्रतियुनिट सेयर किनबेच भएको छ ।

यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता दुई हजार सात सय ७० रुपैयाँ ६० पैसा अन्तिम मूल्यमा ११ करोड ५२ लाख ७४ हजार नौ सय २८ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया