गृहमन्त्रीले भने, ‘मन्त्रालय फुटाउने विषयमा छलफल नै भएको छैन्’

काठमाण्डौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सत्ता बाँडफाँडमा मन्त्रालयले फुटाउने विषयमा छलफल नै नभएको बताए ।
उनले विश्वासको मतपछि सरकारलाई पुर्णता दिने कुरा भएपनि मन्त्रालय फुटाउने विषयमा छलफलनै नभएको जिकिर गरे । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकबारे जानकारी दिदै गृहमन्त्री लामिछानेले सरकारको प्रारम्भिक कामको समिक्षा गरेको बताए ।
भ्रष्टाचार नियन्त्रणलाई प्रमुख विषय बनाएर नीतिगत परिवर्ततका केन्द्रित रहेर छलफल गरिरहेको बताए । गठबन्धनको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयारी भइरहेकाले भोलि टुंग्याउने मन्त्री लामिछानेले बताए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली, रास्वपा अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।
प्रतिक्रिया