प्रदेश १ को हिमाली भेगमा हिमपात सम्भावना, काठमाडाैंकाे तापक्रम ३.६ डिग्री सेल्सियस
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सुरकुहिरो लागिरहेको महाशाखाले उल्लेख गरेको छ ।
काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १६ देखि १८ डिग्री सेल्सियससम्म विभागले जनाएकाे छ । उनका अनुसार काठमाडौंमा आज आंशिक बदलीदेखि मौसम समान्यतः सफा रहनेछ ।
आज दिउँसो प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १ को हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै, आज राति प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
त्यसैगरी प्रदेश १ को हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सुरकुहिरो लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
साथै विभागले हुस्सुरकुहिरोको बारेमा थप जानकारीको लागि हरेक बिहान ९:३० बजे मौसम पूर्वानुमान महाशाखाले जारी गर्ने हुस्सुरकुहिरो र शितलहर बुलेटिन तथा विशेष बुलेटिन वा शितलहर बुलेटिन http://mfd.gov.np/content/?id=4635 मा हेर्न सकिने जनाएको छ ।
प्रतिक्रिया