२०२३ मा मीन राशिको भविष्य

नयाँ वर्ष २०२३ ज्योतिषिय दृष्टिकोणले कस्तो रहनेछ ? हेरौं मीन राशिका लागि यो वर्षको भबिस्य : मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) : राशिस्वामी बृहस्पतिले बर्षभरि नै तपाईंको आफ्नै राशिमा परिभ्रमण गर्ने भएकाले नयाँ साल २०२३ अत्यन्त सुखद र परिणामदायक वर्षका रूपमा आउँदैछ । यो विद्यार्थीले राम्रो रिजल्ट निकाल्ने समय हो । युवायुवतीको विवाह सम्पन्न हुनेछ । जागिर र प्रतिष्ठाको खोजीमा रहेकाले चाहेको पद प्राप्त गर्नेछन् । गृहस्थीहरूको घरमा माङ्गलिक कार्य सम्पन्न हुनेछ ।
बृद्धबृद्धाले तीर्थयात्रा वा विदेश यात्राको अवसर पाउनेछन् । नयाँ जोडीका लागि बेबीप्लान गर्न पनि उत्तम समय छ । व्यापारव्यवसायमा लाभ पाइनेछ । छात्रछात्रामा महत्त्वाकाङ्क्षा र हीनभावको विकास हुनसक्छ, सचेत भएर लक्ष्यप्रति उन्मुख हुनु आवश्यक छ । परिवारमा कलह र मनमुटावको वातावरण देखा पर्नसक्छ । विवाहित जोडीहरूमा कतिपय स्थितिमा विवाद र कलह चर्कने सम्भावना छ । माइती, मावली वा चेलीबेटीको घरमा रोग, शोक र भयको योग देखिन्छ । आफ्नो मुख छुच्चो हुने भएकाले पारिवारिक भेटघाट वा मिलनको समयमा कम बोल्नु जाती हुन्छ । यो आर्थिक उपलब्धीको वर्ष हो तर धन सञ्चित गर्न सकिंदैन ।
बालबच्चाको चकचक र छुद्रतामा बृद्धि हुनेछ । समग्रमा यो वर्ष अनुकूल रहनेछ । आफ्नो नातागोताभित्र सम्मान र प्रतिष्ठा बढनेछ । बहुप्रतीक्षित उपलब्धीहरू प्राप्त हुनेछन् । सन्तानप्राप्तिको योग छ । सन्तानले पनि आ-आफ्नो क्षेत्रमा राम्रो गर्नसक्ने समय हो । मातापिताको स्वास्थ्यस्थितिमा राम्रो देखिन्छ । कुनै पुराना रोगव्याधि भए पनि अब त्यसबाट छुटकारा पाउन सकिनेछ । विवाहयोग्य उमेरका व्यक्तिका लागि समय अनुकुल छ ।
यात्रा, मनोरञ्जन र धार्मिक प्रयोजनका काममा खर्च बढ्नेछ । यो बन्दव्यापार र कारोबारबाट राम्रो आम्दानी हुने समय हो । नोकरीमा रहेकाहरूले भने केहि खिन्नता प्रकट गर्नेछन् । कामधन्धाबाहेक अन्य वैकल्पिक मार्गबाट पनि अतिरिक्त आम्दानी गर्न सकिनेछ । सामाजिक एवं राजनैतिक गतिविधिमा पदप्रतिष्ठाको योग छ । पतिपत्नीका बीचमा तालमेल कायम हुनेछ । मुद्दामामिलामा विजय प्राप्त हुनेछ ।
विशेष सावधानी : माथि उल्लेखित जानकारि प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह सहयाेग आवश्यक हुन्छ ।
प्रतिक्रिया