बिहीबार, जेठ २, २०८२

नेपाल टी २० लिगमा आज दुई खेल

नेपालखोज २०७९ पुष २१ गते ८:२४

काठमाडौं । काठमाडौंमा जारी नेपाल टी २० लिग क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ ।

पहिलो खेल जनकपुर रोयल्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

१० अंक सहित जनकपुर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । ६ अंक सहित पोखरा चौथो स्थानमा रहेको छ ।

आजै हुने दोस्रो खेल काठमाडौं नाईट्स र फार वेस्ट युनाईटेडबीच खेल हुँदैछ । खेल दिउँसो १ बजेबाट सुरू हुनेछ ।

८ अंकका साथ काठमाडौं अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । २ अंकका साथ फार वेस्ट पुछारमा रहेको छ ।

प्रतिक्रिया