एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल बंगलादेश प्रस्थान

नेपालखोज २०७९ पुष २१ गते १४:२६

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज बंगलादेश प्रस्थान गरेका छन् । बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा नेकपा (एमाले) का तर्फबाट अतिथिकारुपमा सहभागी हुन उनी आज दिउँसो १ बजे ढाका प्रस्थान गरेका हुन ।

उनले भोलि शुक्रबार महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पोखरेलसँगै नेकपा (एमाले) विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ पनि महाधिवेशनमा सहभागी रहेका छन् । एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल २ दिनपछि नेपाल फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया