७ जना सचिव सरुवा, को कहाँ पुगे ?
काठमाडौं । विहीबारको मन्त्रिपरिषद बैठकले सरकारले ७ जना सचिवहरुको सरुवा गरेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवहरुको सरुवा गरेको हो ।
अर्थसचिव कृष्णहरि पुष्कर कर्णलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ । राजस्व सचिव रामेश्वर दंगाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् । गृह प्रशासनमा रहेर अख्तियारको महाशाखा प्रमुख भइसकेका उनलाई अख्तियारकै पदाधिकारीको रोजाइमा सरुवा गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका कानून सचिव धनराज ज्ञवालीलाई कानून मन्त्रालयमा सरुवा गरिएको हो । कानुन सचिव उदयराज सापकोटा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन् । अघिल्लो सरकारको अन्तिम मन्त्रिपरिषद बैठकले ज्ञवाली र सापकोटाको जिम्मेवारी हेरफेरको निर्णय गरेपनि कार्यान्वयन भएको थिएन ।
प्रतिक्रिया