आजको मौसम : पहाडमा आंशिक बदली, तराईमा हुस्सु/कुहिरो लाग्ने सम्भावना
नेपालखोज
२०७९ पुष २२ गते ६:३५

काठमाण्डौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । आगामी ३ दिनको मौसमी अनुमान गर्दै महाशाखाले देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागहरूमा हुस्सु/कुहिरो/शितलहर लागिरहेको जनाएको छ ।
दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहनेछ भने तराईका धेरै भू–भागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ । राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहनेछ र तराईका धेरै भू–भागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु/कुहिरो लाग्ने र दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन आग्रह समेत गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया