शनिबार, वैशाख १३, २०८२

वार्षिक स्वास्थ्य राशिफल !

नेपालखोज २०७९ पुष २२ गते ७:१५

त्यसो त सबै राशिका व्यक्तिले आ-आफ्नो स्वास्थ्यप्रति सजग रहनुपर्छ । तै पनि राशिफल अनुसार नयाँ वर्षमा कसले बढि साबधानि अपनाउनु पर्छ बुझन सकिन्छ । वार्षिक राशिफलका अनुसार आगामी वर्ष सबै राशिका लागि मिश्रित रहनेछ । वार्षिक स्वास्थ्य राशिफलमा जानौं नयाँ वर्ष २०२३ बिभिन्न राशिका लागि कस्तो रहनेछ ।

मेष : मेष राशिका व्यक्तिहरूको स्वास्थ्यमा केही समस्या सृजना हुन सक्छ । रक्तचाप वा चिसो जस्ता सामान्य स्वास्थ्य चिन्ताले सताउन सक्छ । तर यसबाट पिरोलिनुपर्ने अवस्था छैन । समयमै चिकित्सकको सल्लाह लिए स्वास्थलाभ पनि हुनेछ । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि बाहिरको खाना कम गर्न र राम्रो एवं स्वस्थ खाना र दैनिक योग गर्न नबिर्सनु होला ।

वृष : नयाँ वर्षमा वृष राशिका व्यक्तिहरूले स्वास्थ्यसम्बन्धी केही समस्याको सामना गर्नुपर्ने हुनसक्छ । यो वर्षमा घुँडा दुख्ने वा पेट दुख्ने समस्या प्रती होसियार रहनुपर्नेछ । स्वास्थ्यका बिषयमा लापरवाही नगर्नुहोला । यो वर्ष रिसलाई पनि नियन्त्रण गर्ने प्रयास गर्नुहोस् अन्यथा धेरै कुरा गलत हुन सक्छ। भुटेको र बाहिरी खाना कम गर्नु मै आफ्नो भलो छ । समय – समयमा चिकित्सकको सल्लाह लिनुका साथै योग ध्यानमा मन लगाउनु होला ।

मिथुन : मिथुन राशि हुनेहरुले यो वर्ष स्वास्थ्यमा ध्यान दिनु पर्ने देखिन्छ । ज्योतिषशास्त्र अनुसार यो वर्ष उच्च रक्तचाप तथा टाउको दुख्ने जस्ता समस्या सृजना हुन सक्छ । घरका बुढापाकाको विशेष ख्याल राख्नुहोस् । समय-समयमा उनीहरूको स्वास्थ्य जाँच गराइरहनुहोस्। नयाँ वर्षमा खानपानमा विशेष ध्यान पुर्याउनुहोस् । नियमित योग गर्दा फाइदा मिल्नेछ ।

कर्कट : यो साल कर्कट राशिका व्यक्तिहरूले सावधानी अपनाउनु पर्ने देखिन्छ । वर्षको प्रारम्भमा स्वास्थ्यमा केही उतारचढाव देखा पर्न सक्छ । लापरवाही नगरि समय – समयमा आफ्नो जाँच गराइरहनुहोस्। यो वर्ष पेटसम्बन्धी समस्याबाट जोगिनु पर्नेछ । यसका लागि आफ्नो खानपान तथा नियमित क्रियाकलापमा विशेष ध्यान दिनुपर्नेछ ।

सिंह : सिंह राशि हुनेहरुको स्वास्थ्य अवस्था सन्तोषजनक रहनेछ । कार्यक्षेत्रमा अत्याधिक कामका कारण हल्का तनाव महसुस हुनेछ । कामका साथसाथै योग र पोषक खानपानमा ध्यान पुर्याउनुहोस्। स्वास्थ्यमा सानातिना समस्या देखापर्न सक्छन । त्यसैले बाहिरको खानपिनमा साबधानि अपनाउनुहोस् । समय – समयमा स्वास्थ जाँच गराइरहे अनावश्यक समस्या बाट जोगिन सकिनेछ ।

कन्या : नयाँ वर्षमा कन्या राशिका व्यक्तिहरूले आफ्नो स्वास्थ्यप्रति बढी सजग रहनुपर्नेछ । यो वर्ष ढाड तथा जोर्नी दुख्ने समस्याले सताउन सक्छ । जसलाई चिनीको समस्या छ, उनीहरुले आफ्नो स्वास्थ्यमा बढी ध्यान दिनुपर्नेछ । धेरै तनाव नलिनुहोस् । समय संगै सबै समस्या हल हुँदै जानेछन । समय समयमा आफ्नो स्वास्थ अपडेट गरिरहनु होला । आलस्य छोडेर योग तथा खेलकुदमा ध्यान पुर्याउनु उपयुक्त हुन्छ ।

तुला : तुला राशिका व्यक्तिहरूले यो वर्ष प्रयाप्त सावधानी अपनाउनुपर्ने देखिन्छ । कुनै पनि स्वास्थ्य समस्यालाई बेवास्ता नगर्नुहोस् र समय-समयमा स्वास्थ जाँच गराइरहनुहोस्। अत्यधिक कामको चापले स्वास्थ्य बिगार्न सक्छ भने पेट सम्बन्धी समस्या पनि देखापर्न सक्छ । स्वस्थ रहन बाहिरका खानेकुरा कम गरि योगको सहारा लिनुहोस् ।

वृश्चिक : यो वर्ष वृश्चिक राशि हुनेहरुको स्वास्थ्य सामान्य रहनेछ । बीचमा स्वास्थ्यसँग सम्बन्धित केही समस्या देखापर्न सक्छ तर यो समय संगै ठिक पनि हुनेछ । यसबीच गर्भवती महिलाहरूले आफ्नो बिशेष ख्याल राख्नुपर्नेछ । समय समयमा स्वास्थ जाँच गराइरहनुहोस् । यो वर्ष खानपानमा विशेष ध्यान दिनु उपयुक्त हुन्छ ।

धनु : धन राशिका व्यक्तिहरूले यो वर्ष धेरै राम्रो महसुस गर्नेछन । यो नयाँ वर्षमा तनावमुक्त रहनुका साथै पोषक खानपानमा ध्यान पुग्नेछ । पुराना रोगहरू हट्नेछन् । यद्यपि आफ्नो स्वास्थ्यका बारेमा कुनै लापरवाहि नगर्नुहोस् र समयमा आफ्नो स्वास्थ अपडेट गरिरहनुहोस्। मकर : मकर राशि हुनेहरुका लागि वर्ष उतार चढावले भरिपूर्ण रहन सक्छ । त्यसैले यो वर्ष थप सतर्कता अपनाउनु पर्नेछ । तनावबाट जोगिननु होस । समयसँगै स्वास्थ्यमा पनि क्रमिक सुधार आउनेछ । आफ्नो खानपानमा ध्यान दिनुहोस् र योगको मद्दतले स्वस्थ रहने प्रयास गर्नुहोस्।

कुम्भ : यो वर्ष कुम्भ राशिका व्यक्तिहरूले काँध दुख्ने, टाउको दुख्ने, ढाड दुख्ने जस्ता सानातिना समस्या प्रति सजग रहनुपर्नेछ । यसका साथै खानपानमा पनि बढी ध्यान पुर्याउनु होला । तनावबाट जोगिने प्रयास गर्नुहोस् र आफ्नो क्रोधलाई नियन्त्रणमा राख्नुहोस्। समय – समयमा आफ्नो स्वास्थ जाँच गराइरहनुहोस् र योगको मद्दत लिनुहोस् ।

मीन : यो नयाँ वर्षमा आफ्नो परिवारको स्वास्थ्यका बारेमा चिन्ता हुन सक्छ । यसका साथै आफ्नो टाउको दुख्ने , घुँडा दुख्ने आदि समस्याले पनि सताउन सक्छ । यद्यपि सावधानी अपनाए सबै समस्या नियन्त्रणमा रहनेछन् । बाहिरी खानेकुरा नखानु तथा राम्रो स्वास्थ्यका लागि योग गर्नु उपयुक्त हुन्छ।

प्रतिक्रिया