प्रिमियर लिग : म्यानचेस्टर सिटीको जित
नेपालखोज
२०७९ पुष २२ गते ७:४६

काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । आज बिहान सकिएको खेलमा सिटीले चेल्सीमाथि १–० गोलको कठिन जित दर्ता गरेको हो ।
चेल्सीको घरेलु मैदान स्टामफोर्डब्रीजमा पाहुना टोली सिटीले पहिलो हाफ भने गोलरहित बराबरी खेलेको थियो । ६३औं मिनटेमा ज्याक ग्रिलिसको पासमा रियाद मेहरेजले गोल गर्दै खडेरी तोडेका थिए । सोही गोलको अग्रता अन्तिमसम्म जोगाउँदै सिटीले स्पष्ट ३ अंक लिन सफल भयो ।
सिटी लिग तालिकाको दोस्रो स्थानमा रहेको छ भने उसको १७ खेलबाट ३९ अंक रहेको छ । पराजित भएको चेल्सी भने २५ अंकका साथ दशौं स्थानमा रहेको छ ।यस्तै प्रिमियर लिगको तालिकामा आर्सनल ४४ अंकका साथ शीर्ष स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया