शनिबार, वैशाख २२, २०८१

मधेश प्रदेशमा जसपाले दलको नेता छान्ने

नेपालखोज २०७९ पुष २२ गते ८:२९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेशको संसदीय दलको नेता आज छान्दैछ । पार्टीको बैठकबाट प्रदेशको विधान पारित गरेको जसपाले आज संसदीय दलका नेता छान्न लागेको हो ।

मधेस प्रदेशमा जसपाका प्रत्यक्ष तथा समानुपातिकतर्फ गरेर १६ प्रदेशसभाका सदस्य रहेका छन् ।

संसदीय दलका नेताका लागि वर्तमान मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोजकुमार यादव र रामअशिष यादवको नाम चर्चामा रहेको र शुक्रबार नेता चयन गर्न सर्वसम्मत निर्णयका लागि प्रयास गर्ने र सहमति नभएको खण्डमा चुनाव गरिने समिति संयोजक लालकिशोर साहले बताए ।

प्रतिक्रिया