न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै
नेपालखोज
२०७९ पुष २२ गते ९:००
काठमाडौं । न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिन आज विहान कार्यदलको बैठक आज बस्दैछ ।
एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक बिहान ११ बजे तय भएको छ ।
आजको बैठकले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने बताइएको छ । कार्यदलमा माओवादी केन्द्रबाट बर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. मुकुल ढकाल, राप्रपाबाट धवल शम्शेर जबरा र जसपाबाट रकम चेम्जोङ सदस्य रहेका छन् ।
सरकारले गठबन्धनमा सहभागी दलबीच सहमतिका आधारमा साझा कार्यक्रम तय गर्न लागिएको हो ।
सम्बन्धित
प्रतिक्रिया