आइतबार, वैशाख ३०, २०८१

सुनचाँदी मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ पुष २२ गते ११:१७

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ । बिहीबार पनि छापावाल सुन प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ८ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा नै कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया