दाइजोसम्बन्धी कसुरमा डा.पंकज चौधरी पुर्पक्षका लागि कारागार चलान
नेपालखोज
२०७९ पुष २२ गते १९:५७

काठमाडाैं । दाइजो कसूरमा डा. पंकज चौधरी पुर्पक्षका लागि कारागार चलान भएका छन् । पत्नी नेहा चौधरीले हालेको मुद्दामा भएको थुनछेक बहसपछि उनलाई आजमहोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेकाे हाे ।
बिहीबार अदालतमा दर्ता भएको सो मुद्दामा शुक्रबार थुनछेक बहस भएको थियो । गतवर्ष मात्रै विवाह भएको केही महिनापछि नेहाले श्रीमान पंकजले दाइजोका लागि प्रताडित गर्दै आइरहेको आरोप लगाएकी थिइन् । दाइजोको नाममा आफूमाथि हिंसा भइरहेको भन्दै नेहाले अदालत गुहारेकी थिइन् । नेहाले पंकजविरुद्ध घरेलु हिंसा, अंश मुद्दा, जालसाजी लगायतका मुद्दा दर्ता गराएकी हुन्।
सम्बन्धित
प्रतिक्रिया