हुस्सु/कुहिरोले दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने

काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केहि भू-भागहरूमा हुस्सु/कुहिरो शितलहर लागिरहेको विभागले जनाएकाे छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ भने तराईका धेरै भू-भागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको विभागले जनाएकाे छ ।
आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ भने तराईका धेरै भू-भागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको विभागले जनाएकाे छ ।
तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु/कुहिरो लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेकाे छ ।

प्रतिक्रिया