शुक्रबार, असोज २५, २०८१

इन्भेष्टमेण्ट र मेगा बैंकको एकीकृत कारोबार पुस २७ गतेदेखि, २ दिनका लागि कारोबार बन्द हुने (सूचनासहित)

नेपालखोज २०७९ पुष २३ गते १७:५९

काठमाडौँ । नेपाल इन्भेष्मेण्ट बैंक र मेगा बैंक ली. को एकीकृत कारोबार पुस २७ गतेबाट सुरु हुने भएको छ । गत साता नै राष्ट्र बैंकबाट मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृति पाएसंगै दुई बैंकको एकीकृत कारोबार हुने भएको हो ।

यस्तै, यी दुई बैंकको २ दिनका लागि सम्पूर्ण कारोबार रोक्का हुने भएको छ । मर्जरको प्रक्रियामा रहेका यी बैंकहरुले एकीकृत कारोबारका लागि २ दिन सम्पूर्ण कारोबार रोक्का गरी ‘डेटा माइग्रेसन’ अर्थात् तथ्याङ्क मिलन गर्न लागेका हुन् ।

यी बैङ्कहरूलाई गत साता नै राष्ट्र बैङ्कले मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृति दिएको थियो । बैंकहरुले पुस २७ गतेका लागि एकीकृत कारोबारको मिति तय गरेका छन् । पुस २७ गतेदेखि यी बैंकहरुले ‘नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु गर्नेछन् ।

एकीकृत कारोबार पछि बन्ने बैंकको केन्द्रीय कार्यालय साबिकको नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको काठमाण्डौं जिल्ला, काठमाण्डौं महानगरपालिका, वडा नं. १, दरबारमार्गमा रहने जनाइएको छ ।

तथ्याङ्क मिलन २ दिनसम्म सम्पूर्ण कारोबार रोक्का रहने यी दुवै बैङ्कले सूचनामार्फत जानकारी गराएका छन् । तोकिएको समय अवधिमा दुवै बैंकको केन्द्रीय कार्यालय, शाखा कार्यालयका साथै, अन्य माध्यमबाट सुचारु हुँदै आएको मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, एटिएम सेवा लगायत सम्पूर्ण सेवा बन्द रहनेछ ।

राष्ट्र बैंकको गाभ्ने, गाभिने नीतिअनुरूप यी दुई बैङ्कहरू समान सेयर स्वाप रेसियोमा एकापसमा गाभिने गरी सम्झौता गरेका थिए । जसमा मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड हुने र सञ्चालक समितिको अध्यक्षको रूपमा पृथ्वी बहादुर पांडे तथा प्रमुख कार्यकारी अधिकृतको रूपमा ज्योती प्रकाश पाण्डे रहने सहमति भएको थियो। सोहीअनुसार नै राष्ट्र बैङ्कले यी बैङ्कहरूलाई मर्जरको अन्तिम स्वीकृति दिइसकेको छ ।

हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३१ करोड तथा मेगा बैंकको चुक्ता पुँजी १५ अर्ब ५० करोड रहेकोमा दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३२ अर्ब ८१ करोड पुग्ने भएको छ ।

प्रतिक्रिया