रिलायन्स लाइफको प्रमुख कार्यकारीमा पोखरेल नियुक्त

नेपालखोज २०७८ माघ १९ गते १:००

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदमा राकेश पोखरेल नियुक्त भएका छन् । कम्पनीका अनुसार यही माघ १३ गतेबाट पोखरेलले कार्यभार सम्हालेका हुन् ।

कम्पनीका अनुसार पोखरेलले आफ्नो करियर बिमा क्षेत्रबाट सुरुवात गरेका थिए । लगभग आठ बर्ष विभिन्न बिमा कम्पनीको व्यवस्थाापन तथा कार्र्यकारी पदमा कार्यरत रही पछिल्लो समय लेखापरिक्षण पेशामा संलग्न रहेका थिए ।

सञ्चालक समितिको उपस्थितीमा प्रमुख कार्यकारीको पदभार ग्रहण गर्दै पोखरेलले सही दिशामा गईरहेको बिमा कम्पनीमा काम गर्ने मौका दिएकोमा धन्यवाद ज्ञापन गर्दै उत्पकृष्ट कार्य गर्ने बताए ।

प्रतिक्रिया