नेपाल खोज दिनभरी : पुस २७ मा सार्वजनिक विदा दिने तयारी देखि कांग्रेस संसदीय दलको बैठकसम्म

नेपालखोज २०७९ पुष २३ गते २१:३३

पुस २७ मा सार्वजनिक विदा दिनुपर्ने राप्रपाको पहिलो सर्त पुरा हुने भएको छ । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने गठित कार्यदलमा २७ पुसमा सार्वजनिक विदा दिने सहमति जुटेको हो ।

पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय शिक्षा ऐन जारी गर्ने विषय वर्तमान सरकारको प्राथमिकतामा रहेको बताएका छन् । काठमाडौंको महेन्द्र माविमा आज एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सङ्घीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताए ।

संघीय शिक्षा ऐन सरकारको प्राथमिकतामा : प्रधानमन्त्री दाहाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको बताएका छन् ।

गठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवार छ : अध्यक्ष नेपाल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निवनिर्वाचित सांसदहरूलाई बधाई दिँदै संसद्मा सबैले सून्ने र देख्ने गरी सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

संसदमा जिम्मेवार भएर गहन भूमिका निभाउन देउवाको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीले विपक्षी दल नेपाली कांग्रेस पाँच वर्षका लागि थान्को लागेको बताएका छन् ।

पाँच वर्षका लागि थान्को लागेको कांग्रेसले च्याँखे नथापे हुन्छ : ओली

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्मा दलको भूमिका सशक्त र प्रभावकारी बनाउन एकताबद्ध भएर काम गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभामा दलको भूमिकालाई सशक्त बनाउने कांग्रेसको निर्णय

नेकपा (माओवादी केन्द्र)ले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।

बृहत् वाम एकताका लागि माओवादीको पाँच सदस्यीय कार्यदल

सत्ता साझेदार दलकातर्फ कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा सत्तारुढ दलका शीर्ष नेतालाई बुझाएको छ ।

कार्यदलले शीर्ष नेतालाई बुझायो साझा कार्यक्रमको मस्यौदा

सङ्कटा फुटबल क्लबले २२औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप’को उपाधि जितेको छ । पोखरा रङगशालामा आज सम्पन्न फाइनल खेलमा अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब (विवाइएससी) मिनेसोटालाई ३–२ गोलले हराउँदै सङ्कटा दोस्रोपटक च्याम्पियन बनेको हो ।

सङ्कटाले जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि

हक्की विश्वकप जनवरी १३ मा भारतको ओडिशामा सुरु हुँदैछ । यो विश्वकपको फाइनल खेल २९ जनवरीमा हुनेछ ।

यस्तो छ हक्की विश्वकप – २०२३ को खेल तालिका

प्रतिक्रिया