आईपीएल-२०२३ को काउन्टडाउन

काठमाडाैं आईपीएल -२०२३ को मिनी अक्सनपछि यो लिगको काउन्टडाउन सुरु भैसकेको छ । आईपीएल भारतमा मात्र नभई विदेशमा पनि रुचाइएको टी-२० लिग हो । क्रिकेटका प्रशन्सकहरू यसको २०२३को संस्करणको पर्खाइमा छन् । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने यो लिगको उद्घघाटनको दिन निश्चित भैसकेको छ तर, बीसीसीआईले त्यसको औपचारिक घोषणा भने गरेको छैन ।
भारतिय मिडियाहरूका अनुसार आईपीएल २०२३ अप्रिल १ देखि सुरु हुँदैछ भने यो लिग मार्चसम्म चल्नेछ । यो लिगमा केही यस्ता कुराहरू छन् जुन पहिलो पटक हुन गैरहेका छन ।
जस्तै • आईपीएल खेलहरू पहिलो पटक विभिन्न प्लेटफर्महरूमा देखाइनेछन् ।
• ‘इम्प्याक्ट प्लेयर’ को नियम लागू हुनेछ र यसमा धेरै जना ग्रीन साम करन, बेन स्टोक्सको पर्खाइमा छन् ।
• महेन्द्र सिंह धोनीका लागि यो अन्तिम आईपीएल हुन सक्छ ।
• पुन एक पटक एक खेल घर र एक बाहिरको ढाँचामा संचालन हुनेछ जुन कोरोनाका कारण अबरुद्ध भएको थियो ।
• आईपीएल – २०२३ मा डेब्यु गर्ने पाकिस्तानी मूलका खेलाडि सिकन्दर रजा हुनेछन् ।
• अमित मिश्रा र पियुष चावला जस्ता खेलाडीहरू यस पटक पुन मैदानमा देखिनेछन् ।
• अहिलेसम्मका आइपिएल विजेता :
२००८ – राजस्थान २००९- चेन्नई २०११ – चेन्नई २०१२ – कोलकाता २०१३ – मुम्बई २०१४ – कोलकाता २०१५ – मुम्बई २०१६ – हैदराबाद २०१७ – मुम्बई २०१८ – चेन्नई २०१९ – मुम्बई २०२० – मुम्बई २०२१ – चेन्नई २०२२ – गुजरात ।
प्रतिक्रिया