आइतबार, वैशाख ३०, २०८१

सुन ताेलामा १ हजारले बढ्याे

नेपालखोज २०७९ पुष २४ गते ११:१४

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ बढेकाे छ । छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ३ हजार ३ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि १ हजार रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदीको भाउ १५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा नै कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया