बिहीबार, असोज २४, २०८१

चीनमा यात्रा नियममा छुट, क्वारेन्टाइन खारेज

नेपालखोज २०७९ पुष २४ गते ११:३४

काठमाडाैं । आज आइतबारदेखि चीनले कोरोना महामारीसँग सम्बन्धित ट्राभल नियम अन्तर्गत क्वारेन्टाइनको आवश्यकता अन्त्य गर्दैछ । अब चीन प्रवेश गर्नुअघि यात्रुले क्वारेन्टाइनमा बस्नु पर्ने छैन ।

समाचार एजेन्सी रोयटर्सका अनुसार चीनले आफ्ना नागरिकहरूलाई विदेश यात्राका लागि राहदानी र भिसा पनि दिन थालेको छ। यससँगै विदेशीलाई सामान्य भिसा र परमिट पनि जारी गरिएको छ । लामो समयदेखि चीनमा शून्य कोभिड नीति अवलम्बन गरिँदै आएको थियो तर आन्दोलन र अर्थतन्त्रमा परेको नोक्सानका कारण यसमा अहिले छुट दिइएको छ ।

लगानीकर्ताहरुका अनुसार नाकाहरु खोल्दा चिनियाँ अर्थतन्त्रको पुनरुत्थानमा मद्दत मिल्नेछ । चीनले पछिल्लो आधा दशकमा सबैभन्दा सुस्त आर्थिक वृद्धिको सामना गरिरहेको छ । यता कोरोना सम्बन्धि नियमहरु खुकुलो बनाइएसँगै कोरोना संक्रमितको संख्या बढ्ने अनुमान पनि छ ।

प्रतिक्रिया