बिहीबार, असोज २४, २०८१

राष्ट्र बैंकले बैकिङ प्रणालीमा दुई अर्ब १० करोड संस्थागत निक्षेप राख्ने

नेपालखोज २०७९ पुष २४ गते १५:१५

काठमाडौं । नेपाल राष्ट्र बैकले बैकिङ प्रणालीमा दुई अर्ब १० करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्धती निक्षेपको रुपमा २०७९ माघ चार गतेदेखि २०८० माघ चार गतेसम्मको लागि राख्न लागिएको हो ।

यसरी मुद्धती निक्षेपकोरुपमा राखिने कुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि एक अर्ब ६८ करोड, विकास बैंकहरुको लागि ३१ करोड ५० लाख र फाइनान्स कम्पनीहरुको लागि १० करोड पाँच लाख रुपैयाँ छुट्याईएको छ । राष्ट्र बैकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुक तथा फाइनान्स कम्पनीहरुले यही पुस २६ गते सम्म नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएकाछन ।

प्रतिक्रिया