प्रदेश १ को मुख्यमन्त्रीमा कार्की नियुक्त, भन्छन्, ‘नामांकरण पहिलो प्राथमिकता’
नेपालखोज
२०७९ पुष २४ गते १७:४१

काठमाण्डौं । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
झापा क्षेत्र नम्बर ५(१) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका छन् ।
नवनियुक्त मुख्यमन्त्री कार्कीले प्रदेशको नामाकरणलाई उच्च प्राथमिकतामा राखेर सबैको सहमतिमा छिटो टुंग्याउने प्रयास गर्ने बताए । उनले सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।
भोलि सबै दलको प्रतिनिधित्व हुने गरेर सरकार गठन हुने बताएका उनले विश्वासको मत लिएपछि मात्रै थप प्रक्रिया अघि बढाउने बताए ।
सम्बन्धित
प्रतिक्रिया