मिल्यो सत्ता भागवण्डा
नेपालखोज
२०७९ पुष २४ गते २१:१८

काठमाडौं । सत्ता साझेदार दलहरुको बैठकले प्रदेश सरकार गठनको बाँडफाँट टुग्याएको छ । दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा बाँकी रहेका ६ वटा प्रदेशको पनि बाँडफाँट भएको हो ।
गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । आजै प्रदेश १ मा भने नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, जसपाका उपेन्द्र यादव, राप्रपाका राजेन्द्र लिङदेन तथा जनमत पार्टीका सीके राउतको सहभागीता रहेको थियो ।
सम्बन्धित
प्रतिक्रिया