ब्राजिल हिंसा : मन्त्रीले दंगाकारीहरूले राष्ट्रपति निवासबाट हतियार चोरेको दाबी गरे
नेपालखोज
२०७९ पुष २५ गते १०:२६

काठमाडौं । ब्राजिलका राष्ट्रपति लुला डा. सिल्भाका एक क्याबिनेट मन्त्रीले आइतबार प्रमुख भवनहरूमा भएको हिंसामा संलग्न दंगाकारीहरूले राष्ट्रपति निवासबाट हतियार लिएर गएको दाबी गरेका छन् ।
सञ्चारमन्त्री पालो पिमेन्टाले ट्वीटरमा भिडियो पोस्ट गर्दै भने, ‘हामी संस्थागत सुरक्षा कार्यालयको कोठामा छौं। यहाँका प्रत्येक ब्रीफकेसमा घातक र गैर(घातक हतियारहरू छन् । ती अपराधीहरूले चोरेका थिए ।’

यद्यपि, ब्राजिल सरकारले आइतबार राष्ट्रपति निवास, संसद र सर्वोच्च अदालतमा आक्रमण गर्ने पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले कति हतियार चोरेका थिए भनेर भनेनन् । प्रहरीका अनुसार हालसम्म करिब २ सय जना पक्राउ परेका छन् ।
सम्बन्धित








प्रतिक्रिया