प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको १५ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आईतबार सेयरधनीहरुको उल्लेख्य उपस्थितीमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
बार्षिक साधारण सभाबाट कम्पनीले आर्थिक बर्ष २०७८/७९ को बित्तीय विवरणहरु पारित गरी सो आर्थिक बर्ष सम्मको मूनाफाबाट हाल कायम चूक्ता पुँजी दुई अर्ब ७७ करोड ९६ लाख १५ हजार पाँच सय ७७ रुपैयाँ मध्येबाट १३ प्रतिशतको दरमा बोनस सेयर र उक्त बोनश सेयरमा लाग्ने कर प्रयोजनको लागि एक करोड ९० लाख १८ हजार चार सय २२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी सभाले संस्थापक एवं सर्वसाधारण सेयरधनी समुहको अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ । उल्लेखित बोनश शेयर बितरण प्रक्रिया पूरा गरे पश्चात कम्पनीको चूक्ता पुँजी तीन अर्ब १४ करोड नौ लाख ६५ हजार ६ सय दुई रुपैयाँ हुने छ ।
साथै सभाले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गूराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने, गाभिने सम्बन्धमा मर्जर समितिबाट भएका निर्णयहरुको अनूमोदन गर्दै मर्जर पूरा गर्नको लागि आवश्यक पर्ने सम्पुर्ण कार्य गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
कम्पनीले देशभरमा एक सय ५० भन्दा बढी स्थानहरुबाट छिटो छरितोरुपमा जविन बीमा सेवा उपलब्ध गराउँँदै आएको छ । कम्पनीले हालसम्मको वित्तीय अवस्था, कम्पनीले जीवन वीमा क्षेत्रमा गरेको उपलब्धी र आगामी बर्षहरुमा सेयरधनीहरुलाई उचित प्रतिफल दिन कम्पनीको व्यवस्थापन लागी परिरहेको सम्बन्धमा समेत सेयरधनीहरुलाई जानकारी गराएको छ ।








प्रतिक्रिया