भारतीय पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था थप नाजुक
नेपालखोज
२०७७ भदौ १५ गते १३:१९
एजेन्सी । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था अझ जटिल बनेको छ । उनी दिल्लीस्थित सेनाको अस्पतालमा भर्ना छन् ।
अस्पतालले फोक्सोको संक्रमणका कारण उनलाई ‘सेप्टिक सक’ भएको जनाएको छ । आर्मी रिसर्च एन्ड रेफरल हस्पिटलले जारी गरेको बयानमा पछिल्ला केही दिनयता प्रणव मुखर्जीको स्वास्थ्यमा गिरावट देखिएको र फोक्सोमा देखिएको इन्फेक्सनका कारण उनी ‘सेप्टिक सक’ भएको उल्लेख छ ।
अस्पतालले डाक्टरहरुको विशेष टोली उनको उपचारमा जुटेको जनाएको छ । पूर्वराष्ट्रपति मुखर्जी अहिले पनि कोमामा छन् । उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको छ ।
पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया