बिहीबार, जेठ २, २०८२

भियतनाममा ‘अत्यधिक’ वायु प्रदूषण

नेपालखोज २०७९ पुष २६ गते ६:२०

काठमाडाैं । भियतनामको राजधानी हनोईको समग्र वायु गुणस्तर सोमबार ‘अत्यधिक अस्वस्थ’ अवस्थाको स्तरमा पुगेको हनोइर्का अधिकांश वायु अनुगमन संस्था (केन्द्र) हरूले जनाएका छन् ।

प्रदुषणको प्रभाव सम्पूर्ण जनसङ्ख्या प्रभावित हुने सम्भावना रहेको केन्द्रले जनाएको छ । वायु अनुगमन केन्द्रहरूले सोमबार बिहानसम्म वायु प्रदुषणको आपतकालीन अवस्थाको स्वास्थ्य चेतावनी देखाउँदै २०१–३०० को वायु गुणस्तर सुचकाङ्क (एक्यूआई) बैजनी भएको बताएका छन् ।

भियतनामी समाचार संस्थाका अनुसार हनोई र उत्तरी थाइ गुयेन र हङ्ग येन प्रान्तका केही स्टेसनमा रेकर्ड गरिएको सूचकाङ्क ३०० भन्दा बढी पनि पुगेको छ ।

प्राकृतिक स्रोत तथा वातावरण मन्त्रालय अन्तर्गतको भियतनाम वातावरण प्रशासनले मानिसहरूलाई बारम्बार वायु गुणस्तरको जानकारी अद्यावधिक गर्न सुझाव दिएको उक्त संस्थाले जनाएको छ ।

हनोई र उत्तरी क्षेत्रका अन्य इलाकाहरूमा चिसो र सुख्खा मौसमको अनुभव भएको छ, जसले प्रदूषकहरूलाई जमीनको नजिकको क्षेत्रमा केन्द्रित गर्दछ र गम्भीर प्रदूषण निम्त्याउँछ ।

मास्कले सूक्ष्म कण पदार्थहरू (पीएम २.५) बाट बचाउन मद्दत गर्ने भन्दै अधिकारीहरूले मानिसहरूलाई अनुहारमा मास्क लगाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया