शनिबार, असोज २६, २०८१

आज कति छ डलरकाे भाउ ?

नेपालखोज २०७९ पुष २६ गते ९:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०८ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ३० पैसा र बिक्रीदर १४० रुपैयाँ ९४ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६० रुपैयाँ ११ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ०९ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रीदर ०९ रुपैयाँ ९६ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ९९ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया