सोमबार, वैशाख ३१, २०८१

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ पुष २६ गते १०:४३

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ४ सय रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ ५५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा नै कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया