मंगलबार, असार १७, २०८२

प्रधानमन्त्री पदको लोभ छैन : प्रचण्ड

नेपालखोज २०७७ फागुन ४ गते १३:३०

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री पदको लोभ भएको बताएका छन् ।

आफूलाई प्रधानमन्त्री पदको लोभ नभएको र यो भ्रम कसैलाई नपर्न आग्रह गर्दै प्रचण्डले अहिलेको संघर्षको नेतृत्व थालेको प्रधानमन्त्री पाउन नभएको बताए ।

मंगलबार निर्माणाधीन सिटी हल निरीक्षण गर्न भरतपुर पुगेका अध्यक्ष प्रचण्डले संसद् पुनःस्थापना नभए देश अराजकताको भुमरीमा फस्ने समेत बताए ।

अहिलेकै स्थितिमा चुनाव भए देशमा दक्षिणपन्थी र वामपन्थी अतिवाद हाबी हुने उनको भनाइ छ ।

‘संसद् पुनःस्थापना हुन्छ । भएन भने के हुन्छ, हाइपोथेसिसमा नजाऊँ । यस्तो भए नेपाली जनता चुप लागेर बस्दैन । कतै न कतैबाट आन्दोलनमा जान्छ,’ उनले भने ।

प्रतिक्रिया