प्रतिपक्ष दल नेमकिपा र जनमोर्चा मात्रै
काठमाडौं । प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा मात्रै विश्वासको मत नदिने भएको छ ।
सरकारलाई समर्थन नगरेको राजनीतिक दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिने भएपनि मत नदिने भएपछि नेमकिपा र जनमोर्चाका सांसादले विश्वासको मत नदिने भएका हुन् । नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी सांसद छन् ।
कांग्रेसको विश्वासको मत दिने निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरु अर्जुननरसिंह केसी, प्रकाशमान सिंह र प्रदीप पौडेलले विश्वासको मत दिन नहुने पक्षमा फरक मत राखेका थिए । कांग्रेसले विश्वासको मत दिएपनि प्रतिपक्षमा बस्ने निर्णय लिएको छ ।
मंगलबार नै १० सिट रहेको नेकपा एकीकृत समाजवादी र ४ सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ ।
प्रचण्ड १० पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए ।
प्रतिक्रिया