प्रदेश १ : सभामुखमा गौतमको उम्मेदवारी दर्ता

काठमाण्डौं । प्रदेश १ सभामुखमा माओवादी केन्द्रका प्रदेश सांसद बाबुराम गौतमले सत्तारुढ दलको पक्षबाट उम्मेदवारी दर्ता गराएका छन् । सभामुखको निर्वाचन बिहीबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा हुनेछ ।
लिखु गाउँपालिका–८ घर भई ओखलढुंगा १ (२) बाट प्रदेशसभामा निर्वाचित ४९ वर्षीय गौतमले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् । माओवादी द्वन्द्व सुरु हुनु अगाडिबाट पार्टीमा लागेका उनी सभामुखमा एकल उम्मेदवार हुन् ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कांग्रेसले उपसभामुखमा दाबी गर्ने भएकाले सभामुखमा उम्मेदवारी नदिएको बताए ।
९३ सदस्यीय प्रदेशसभामा सत्तारुढ दल एमालेको ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जनता समाजवादी पार्टीको १ गरी ६० प्रदेश सांसद छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसको २९ र प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी)को ४ प्रदेश सांसद रहेका छन् ।
प्रतिक्रिया