२०२३ को जनवरीमै हुँदै छ शनिको राशि परिवर्तन, यी राशिलाई हुनेछ बम्पर लाभ

ज्योतिषशास्त्र अनुसार नवग्रहहरूले निश्चित समयपछि राशि परिवर्तन गर्छन् । सूर्य, शुक्र, बुध आदिले हरेक महिना राशि परिवर्तन गर्छन् । यद्यपि शनि ग्रहले निश्चित समयपछि मात्र आफ्नो राशि परिवर्तन गर्छन् । अहिलेको समयमा शनि मकर राशिमा छन तर अब केही दिन मै शनि आफ्नै राशि कुम्भमा प्रवेश गर्नेछन् । शनिको राशि परिवर्तन कहिले हुन्छ त ? ज्योतिष शास्त्र अनुसार शनि ग्रह १७ जनवरी २०२३ को रात ८:०२ बजे कुम्भ राशिमा प्रवेश गर्नेछन जहाँ उनी २९ मार्च २०२५ सम्म रहनेछन् ।
शनिदेव करिब २६ महिना कुम्भ राशिमा बस्नेछन् । शनिको यो गोचरले केही राशिका मानिसको जीवनमा खुशी ल्याउनेछ । मेष राशि : शनिले मेष राशिको एघारौं घरमा गोचर गर्दैछन । शनिको यो गोचरका कारण मेष राशिका व्यक्तिहरूले धन आर्जन तथा करियरमा नयाँ उडान भर्नेछन्। नोकरी पेशा भएका व्यक्तिले पदोन्नति प्राप्त गर्न सक्छन् । यसका साथसाथै व्यापारमा पनि सफलता हात लाग्नेछ । आम्दानीका नयाँ स्रोतहरु खुल्नेछन् ।
वृष राशि : शनि यो राशिको दशम भावमा गोचर गर्दैछन । शनि कुम्भ राशिमा प्रवेश गर्दा वृष राशिका मानिसहरुको भाग्यको ठोका खुल्नेछ । यो अवस्थामा वृष राशिका व्यक्तिहरूले हरेक क्षेत्रमा सफलता हात पार्नेछन भने उनिहरुको आर्थिक अवस्था पनि बलियो हुनेछ । यसका साथै लामो समयदेखि रोकिएका कामहरु सम्पन्न हुनेछन् ।
धन राशि : शनि धन राशिको तेस्रो घरमा गोचर गर्दैछन । शनिको यो गोचरका कारण धन राशीका व्यक्तिले साढे सात शनिको दशाबाट मुक्ति पाउनेछन् । यस्तो अवस्थामा लामो समयदेखि रोकिएको काम पुन सुचारु हुनेछ । यसका साथसाथै आर्थिक लाभको सम्भावना पनि छ । धन लाभको नयाँ बाटो खुल्नेछ । शारीरिक तथा मानसिक तनावबाट मुक्ति प्राप्त हुनेछ ।
कुम्भ राशि : शनि कुम्भ राशिमा गोचर गर्दैछन् । आरोही घरमा शनिको गोचरका कारण यो राशिका व्यक्तिहरूलाई आर्थिक लाभ मिल्नेछ। नयाँ कामको खोजीमा रहेका व्यक्तिले सफलता हात पार्नेछन । भाग्यको पूर्ण साथ मिल्नेछ। पुरानो रोगबाट मुक्ति मिल्नेछ । साझेदारीमा गरिएको व्यापारमा पनि लाभ हुनेछ भने दाम्पत्य जीवन सुखमय रहनेछ ।
आवश्यक सावधानी : यो लेखमा समावेश कुनै पनि जानकारी/सामग्री/गणनाको शुद्धता वा विश्वसनीयताको ग्यारेन्टी छैन। विभिन्न माध्यम/ज्योतिषी/पंचांग/प्रवचन/विश्वास तथा शास्त्रबाट सङ्कलन गरेर यो जानकारी तयार पारिएको हो । हाम्रो उद्देश्य केवल जानकारी प्रदान गर्नु हो । प्रयोगकर्ताहरूले यसलाई जानकारीका रूपमा मात्र लिनुपर्छ । यसको कुनै पनि प्रयोग प्रयोगकर्ता स्वयंको जिम्मेवारीमा हुनेछ । त्यसरी कुनै काम गर्नु परे सम्बन्धित जानकार वा बिज्ञको प्रत्यक्ष मदत लिनु होला ।
प्रतिक्रिया