विदेश अध्ययनका लागि बाहिरियो २२ अर्ब ६१ करोड

काठमाडौं । उच्च शिक्षा अध्यनका नाममा हजारौं विद्यार्थी विदेश पलायन हुने क्रम अझ बढदै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यसरी विद्यार्थीहरु पलायनसँगै नेपालबाट विदेशिने रकमको आकार पनि बर्षेनी बढेर गएको छ ।
नेपाल राष्ट्र बैंकले जनाएअनुसार चालु आर्थिक वर्षमा मात्र विदेश अध्ययनका लागि जानेहरुबाट २२ अर्ब ६१ करोड रुपैयाँ बाहिरिएको छ । यसरी अध्ययनका नाममा विदेश जानेहरुले सरदर १५ लाख रुपियाँसम्म खर्च गरेको पाइछ । नेपालमा राजनीतिक एवं शैक्षिक स्थिरता नहुनु, हरेक क्षेत्रमा बढी राजनीति हुनु, पढेपछि पनि रोजगारीको सुनिश्चितता नहुनु जस्ता कुराले विद्यार्थीहरु विदेश पढ्न जान र उतै स्थायीरुपमा बस्न रुची राख्ने गरेका छन् ।
विद्यार्थीहरु बढी सुख सयल र पैसा धेरै कमाउन पाइने मानसिकताले पनि अध्ययनका नाममा विदेश पलायनमा आकर्षित छन । नेपाली विद्यार्थीहरु खासगरी युरोप, अमेरिका, अष्ट्रेलिया, क्यानडालगायतका मुलुकमा अध्ययन गर्न जान लालयीत हुने गरेको पाइन्छ । अभिभावकहरु पनि आफ्ना सन्तानलाई बाहिर पठाउन पाए खुशी हुने बातावरण बिकसित भएको देखिन्छ ।

प्रतिक्रिया